
टीकापुर घटनामा दोषी ठहर भई राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीको रिहाईविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले मंगलवार चौधरीको आममाफीसम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।
बोहराले दर्ता गरेको रिटको सुनुवाइ भोलि (बुधवार)का लागि तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिबाट आममाफी पाएसँगै चौधरी सोमवार रिहा भएका थिए ।