२६ जेठ २०८३, मंगलबार

चुनाव नजिकिँदै गर्दा राजस्थानमा १०० युनिटसम्म बिजुली ‘फ्री’

जेठ १८, २०८०
चुनाव नजिकिँदै गर्दा राजस्थानमा १०० युनिटसम्म बिजुली ‘फ्री’

भारतको राजस्थानमा यसै वर्ष हुने विधानसभा चुनावको मिति नजिकिँदै गर्दा मुख्यमन्त्री अशोक गहलोतले राहतको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत मुख्यमन्त्री गहलोतले महंगी राहत शिविरमा प्राप्त सुझावका आधारमा प्रतिमहिना १०० युनिटसम्म बिजुली ‘फ्री’ गर्ने निर्णय लिइएको जानकारी दिए ।

अब उपभोक्ताले १०० युनिटसम्म बिजुली प्रयोग गरेमा शुल्क तिर्नुपर्ने छैन । १०० युनिटभन्दा बढी बिजुली प्रयोग गर्नेले पनि १०० युनिटसम्मको महशुल छुट पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छुट सुविधाबापतको महशुल राज्य सरकारले तिर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्