
जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रवार सकिएको छ । प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा शुक्रवार पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो ।
बिहीवारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो । भोलि आइतवारदेखि सबै अभियुक्तको थुनछेक बहस शुरू हुनेछ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सबै अभियुक्तको बयान शुक्रवार सकिएको छ । भोलि आइतवारदेखि थुनछेक बहस प्रारम्भ हुनेछ । शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन् ।