१९ असार २०८३, शुक्रबार

ओडिशाको दर्दनाक रेल दुर्घटना : यी ७ प्रश्नका वरिपरि कारण खोजिँदै

जेठ २१, २०८०
काठमाडौं
ओडिशाको दर्दनाक रेल दुर्घटना : यी ७ प्रश्नका वरिपरि कारण खोजिँदै

भारतको ओडिशास्थित बालासोरमा भएको रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ । यति धेरै व्यक्तिको ज्यान जाने गरी भएको दर्दनाक दुर्घटनाको कारण खोजिँदैछ ।

गुडिरहेका २ रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुवै रेलमा लगभग डेढ हजार यात्रु सवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन यी प्रश्नको जवाफ खोजिँदैछ –

१. रेलहरू दुर्घटनाको शिकार कसरी भए ?

२. एकैपल्ट सयौं जनताको ज्यान जाने गरी दुर्घटना यति भयंकर कसरी बन्यो ?

३. सिग्नल गडबड थियो कि चालकको गल्ती थियो ?

४. रेलको नाम मात्रै ठूलो बनाउने कू–नीतिका कारण दुर्घटना भयो ?

५. रेललाई दुर्घटनाबाट बचाउने ‘एन्टी कोलिजन डिभाइस’ भारतमा सन् २०११–१२ मै प्रयोगमा ल्याइएको हो, १३ वर्षपछि पनि किन दुर्घटना भइरहेका छन् ?

६. रेलको सुरक्षाका लागि बनाइएको कवच योजनाको के भयो ?

७. रेललाई दुर्घटनाबाट बचाउने योजना सफल पार्न कति वर्ष लाग्ला ?
 

salt training

कमेन्ट गर्नुहोस्