
केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।
गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले १ हप्ताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।
नगर प्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै १ हप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।
हाल सञ्चालन भइरहेको ११ कक्षाको परीक्षा भने यथावत रहने उनले बताए ।