०४ असार २०८३, बिहीबार

गर्मी बढेपछि रामपुरका विद्यालय बन्द

जेठ २९, २०८०
पाल्पा
गर्मी बढेपछि रामपुरका विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ । 

रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि ५ दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो ।
       
रामपुर नगरपालिका शिक्षा शाखाको जेठ २८ गतेको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिइएको छ । 
       
बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले बताए ।
      
शिक्षा शाखाले तातो हावा (लू) बाट बच्न सतर्कताका सुझाव सम्प्रेषण गर्न विद्यालयलाई अनुरोध समेत गरेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रमा गर्मी अत्यधिक बढेको छ । गर्मीले पठनपाठन, दैनिक कामकाजमा समस्या भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्