२७ जेठ २०८३, बुधबार
प्रचण्डको धर्मान्तरण

मालिकको इसारामा मन्दिर धाउने प्रचण्ड अब कम्युनिस्ट रहेनन्– आहुति [भिडियो अन्तर्वार्ता]

जेठ २९, २०८०
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा आराधना गरेका थिए ।   

वाम विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ले प्रधानमन्त्री प्रचण्डको धार्मिक गतिविधिलाई ‘सिद्धान्त स्खलित राजनीति’ को संज्ञा दिएका छन् । कम्युनिस्ट सिद्धान्त समाप्त भएपछि देखा परेको ‘वास्तविक अनुहार’का रूपमा यसलाई उनले चित्रण गरे । 

नेपाली कम्युनिस्ट नेताहरू धार्मिकीकरण भएको ठान्ने आहुतिले यसलाई राजनीतिक दर्शनशास्त्रमा आएको विचलन पनि भनेका छन् ।

प्रचण्डको मन्दिरगमनलाई मालिकको इसारा भनेका उनले थपे, ‘संसदीय राजनीतिका कारण उहाँलाई आफूले बोकेको दर्शन फेर्न कर लाग्यो । यो राजनीति गर्न दलालहरूका मालिकले भनेको कुरा मान्न तयार हुनुपर्छ । त्यो मालिक भारत पनि हुन सक्छ, अमेरिका पनि हुन सक्छ । मालिक धर्मलाई हतियार बनाउने खालका छन् । हिन्दू धर्मलाई भारतले उपयोग गरेको छ, ईसाइ धर्मलाई अमेरिकाले उपयोग गरेको छ ।’

आहुतिले प्रचण्डको मन्दिर यात्रा, कम्युनिस्ट नेताहरूमा देखिएको रूपान्तरणसहितका विषयमा निकै फरक ढंगले टिप्पणी गरेका छन् ।

प्रस्तुत छ, लोकान्तरका लागि ऋषि खतिवडाले आहुतीसँग गरेको कुराकानी भिडियोमा :

फोटो/भिडियो : विश्वास खनाल/लोकान्तर
 

salt training

कमेन्ट गर्नुहोस्