०८ साउन २०८३, शुक्रबार

‘नीरफूल’को तीन दिनको कलेक्सन २० लाख, ‘हेम्जाकोट’को कति ?

जेठ २९, २०८०
काठमाडौं
‘नीरफूल’को तीन दिनको कलेक्सन २० लाख, ‘हेम्जाकोट’को कति ?

गत शुक्रवारबाट प्रदर्शनमा आएको ‘नीरफूल’ले आइतवारसम्ममा २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार दयाहाङ राई स्टारर फिल्मले तीन दिनमा उक्त कमाइ गरेको हो । 

फूलमान वल निर्देशित यो फिल्ममा दयाहाङसँगै शान्ति वाइवा, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ । 

त्यस्तै, शुक्रवारबाटै प्रदर्शनमा आएको फिल्म ‘वेलकम टु हेम्जाकोट’को तीन दिनको कलेक्सन २ लाख ९६ हजार छ । 

सरोज पौडेलको निर्देशन रहेको यो फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दिप सिग्देल, अम्बिका तामाङ लगायतको अभिनय छ । दर्शक अभावमा यो फिल्म धेरै हलबाट उत्रिसकेको छ । 

वैशाखमा प्रदर्शनमा आएको ‘जारी’पछि कुनै पनि नेपाली फिल्मले राम्रो व्यापार गर्न सकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्