२६ असार २०८३, शुक्रबार

एक्सन अवतारमा पूजा

असार ३, २०८०
काठमाडौं
एक्सन अवतारमा पूजा

अभिनेत्री पूजा शर्मालाई दर्शकले लभस्टोरी फिल्ममा बढी हेर्दै आएका छन् । 

‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ जस्ता सफल लभस्टोरी फिल्मले पूजाको परिचय बनाएका छन् । 

आगामी फिल्ममा भने पूजा एक्सन अवतारमा प्रस्तुत हुने भएकी छिन् । 

आफ्नो दशौं प्रोजेक्टमा उनी एक्सन अवतारमा देखिने भएकी हुन् । चाँडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ । 

फिल्ममा पूजाको जोडीको रुपमा मोडल कुन्साङ बोमजनले काम गर्ने पक्का भएको छ । यो कुन्साङको डेब्यू फिल्म हुनेछ । फिल्मलाई ‘जय शम्भु’ फ्रेम्ड निर्देशक रुपेश तामाङले निर्देशन गर्दैछन् । उनले ‘दान्भी’बारे भने–‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्र्याउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ ।’ 

फिल्मलाई लिएर उत्साहित अभिनेत्री पूजा शर्माले मिहिनेत गरिरहेको बताइन् । उनले भनिन् ‘दर्शकमा मलाई लिएर लभस्टोरी फिल्मको छाप छ । यसपटक दर्शकले दान्भीमा मेरो नयाँ अवतार देख्न पाउनुहुनेछ ।’

नायक कुन्साङ बोमजनले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको सुनाए । 

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् । 

फिल्मका अन्य कलाकार र टिम चाँडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्