०७ असार २०८३, आइतबार

हरिहरले अञ्जु पन्तको स्वरमा ल्याए ‘मैले बा आमा त्यागेर’को फिमेल भर्सन

असार ३, २०८०
काठमाडौं
हरिहरले अञ्जु पन्तको स्वरमा ल्याए ‘मैले बा आमा त्यागेर’को फिमेल भर्सन

मैले बा आमा त्यागेर रोजेको

मायाले मलाई धोका दियो

स्वरुपराज आचार्यको स्वरमा डेढ दशकअघि सार्वजनिक यो गीतलाई निकै रुचाइयो । 

हरिहर खनियाको शब्द एवं संगीत रहेको गीत ‘दोष’ एल्बममा समावेश थियो । अहिले पनि प्रेम विरहको उक्त गीत धेरैको दिल दिमागमा ताजै बनेर बसेको छ । 

धेरैको मन जितेको सोही गीत यतिबेला गायिका अञ्जु पन्तको स्वरमा सार्वजनिक गरिएको छ । 

गीतकार एवं संगीतकार खनियाले आइतवार बिहान अञ्जुको स्वरमा आफ्नो हिट गीतको फिमेल भर्सन सार्वजनिक गरेका हुन् । राजकुमार बगरको मिक्सिङ र माष्टरिङ रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् । 

गीतकार एवं संगीतकार खनियाले आफूले झन्डै १८ वर्षअघि कसैको वास्तविक कथालाई टिपेर यस गीत लेखेको स्मरण गरे । 

‘वास्तविक जीवनसँग मेल खाने भएर होला धेरैले मन पराउनुभयो । त्यसबेला अत्याधिक रुपमा चर्चा भएको गीत हो’ उनले भने, ‘अहिले अञ्जु पन्तको स्वरमा सार्वजनिक गीतलाई पनि स्रोता-दर्शकले रुचाउनुहुनेछ भन्ने विश्वास छ ।’ 

गीतकार एवं संगीतकार हरिहर खनिया

विक्रम चौहानको कथा, कन्सेप्ट एवं निर्देशनमा फिमेल भर्सनको भिडियो तयार भएको छ। 

भिडियोमा विक्रम बुढाथोकी, शिल्पा पोखरेल र प्रमिता राजघतानीको अभिनय छ । 

गीतकार प्रतिष्ठान नेपाल पोखराका अध्यक्षसमेत रहेका खनियाले आफ्नै अफिसियल ‘हरिहर खनिया’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्