०३ असार २०८३, बुधबार

मेचीनगरका विद्यालयलाई ‘फिल्टर मशिन’ वितरण

असार ९, २०८०
झापा
मेचीनगरका विद्यालयलाई ‘फिल्टर मशिन’ वितरण
प्रतिकात्मक तस्वीर

वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरका ६ माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मशिन प्रदान गरेको छ ।

१ हजार लिटर क्षमताको एउटा फिल्टरको मूल्य ६ लाख रहेको छ । केन्द्रले विद्यालयलाई निःशुल्क रूपमा फिल्टर दिएको केन्द्रका झापा प्रतिनिधि अमर मेचेले जानकारी दिए ।

फिल्टर मशिन पाउने विद्यालय मेचीनगर ८ को आदर्श माध्यमिक विद्यालय, वडा नम्बर १० को इस्ट होराइजन आवासीय अंग्रेजी माध्यमिक विद्यालय र धुलाबारी माध्यमिक विद्यालय, वडा नम्बर ९ को कवि शिरोमणि माध्यमिक विद्यालय, वडा नम्बर १३ को शहीद दशरथ माध्यमिक विद्यालय र वडा नम्बर १४ को बाल सुबोधिनी माध्यमिक विद्यालय रहेका छन् ।

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीले प्राप्त भएका फिल्टर मशिनबाट १० हजारभन्दा बढी विद्यार्थी शुद्ध पिउने पानीको सुविधाबाट लाभान्वित हुने बताए । नगरका अन्य विद्यालयमा पनि शुद्ध पिउने पानीको अभाव पूरा गर्न थप मशिन उपलब्ध गराउनका लागि वातावरण संरक्षण केन्द्र नेपाललाई अनुरोध गरिएको उनले जानकारी दिए ।

आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खड्काले आफ्नो विद्यालयलाई उपलब्ध भएको फिल्टर प्लान्ट जडान गरिएको जनाउँदै त्यसको सञ्चालन र प्राविधिक रेखदेख विद्यालयका कर्मचारीले नै गर्ने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्