![मोबाइल र ल्यान्डलाइनका यी २७ उपयोगी शर्टकट कोड, जसले निकै सहज बनाउने छ [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Telecom_8YO7YIuMAE.png)
नेपाल टेलिकमका सेवाग्राहीमध्ये धेरैलाई यसले दिएका सबै सेवा र सुविधाबारे जानकारी नहुन सक्छ ।
टेलिकमको मोबाइल तथा टेलिफोन सेवा लिने ग्राहकले कहिलेकाहीँ आफूलाई आवश्यक सेवा प्रयोग गर्ने विषयमा गूगल सर्च गर्ने, टेलिकमको वेबसाइट भिजिट गर्ने, जानकारलाई सोध्ने गरिरहेका हुन्छन् ।
वर्षौंसम्म टेलिकमकै सेवा प्रयोग गरिरहेको भए पनि आफूलाई चाहिएको जानकारी आवश्यक परेको बेला नपाएर हैरान भइरहेका पनि हुन्छ सक्छन् ।
टेलिकमका अनुसार कम्पनीको सेवा प्रयोग गर्नका लागि ग्राहकले आवश्यक पर्ने विभिन्न उपयोगी शर्टकर्ट कोड थाहा पाइराख्नुपर्ने हुन्छ ।
टेलिकमले मोबाइल सेवाका लागि करीब २ दर्जन शर्टकट तयार पारेको छ । ल्यान्डलाइन सेवा प्रयोग गर्नेलाई पनि छिटो र सहजै सेवा दिन यस्तो शर्टकर्ट प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ ।
टेलिकमका अनुसार सबैभन्दा बढी प्रयोग मोबाइलका शर्टकर्ट प्रयोग हुन्छ । मोबाइल प्रयोगकर्ता धेरै भएको, हातहातमा मोबाइल पुगेको र यसको प्रभावकारी सेवा सुविधाका कारण पनि मोबाइल प्रयोगकर्ता धेरै छन् ।
टेलिकममले ब्यालेन्स चेक गर्ने, प्याकेज किन्ने, मोबाइल नम्बर थाहा पाउने, सिम चेक गर्ने, कल फरवार्ड, वेटिङ, ब्यालेन्स ट्रान्सफर, सीआरबीटी, मिस्डकल अलर्टसहितको सुविधा दिएको छ ।
यस्ता सुविधा प्रभावकारी भएको र ग्राहकले रुचाइरहेको पनि टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले बताए ।
यस्ता छन् नेपाल टेलिकमको सेवा प्रयोग गर्न आवश्यक शर्टकट र सुविधाहरू :


