१९ असार २०८३, शुक्रबार

डा. दिलजन मन्सुरको क्लिनिक महानगरले गर्‍यो सिल

असार १०, २०८०
काठमाडौं
डा. दिलजन मन्सुरको क्लिनिक महानगरले गर्‍यो सिल

डा. दिलजन मन्सुरले मैतीदेवीमा सञ्चालन गर्दै आएको एफडीएच क्लिनिक काठमाडौं महानगरले बन्द गराएको छ ।

आज दिउँसो क्लिनिकमा पुगेको महानगरको टोलीले एफडीएच क्लिनिक मापदण्डविपरीत सञ्चालन भइरहेको भन्दै बन्द गराएको हो ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो । 

ती रोगहरू निको बनाउने नाममा मापदण्डविपरीत क्लिनिक सञ्चालन भएको भन्दै महानगरले बन्द गराएको हो । 

तर डा. मन्सुरले भने आफूले महानगरमा दर्ता गरेर सञ्चालन गरेको दाबी गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्