
निर्माणको तयारीमा रहेको फिल्म ‘संजीवनी’को गीत रेकर्डिङ कार्य सुरु गरिएको छ ।
दिनेश श्रेष्ठको निर्देशनमा निर्माण हुने यो फिल्ममा आर्यन सिग्देल, कुसुम शर्मा र श्रद्धा क्षेत्रीको शीर्ष भूमिका रहनेछ ।
‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल कुसुम ‘संजीवनी’बाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् ।
बुधवार मात्रै गायक प्रमोद खरेल र गायिका रचना रिमालको स्वरमा यस फिल्मको गीत रेकर्ड गरिएको छ ।
बाबुल गिरीको संगीत एवं संगीत संयोजन रहेको गीतमा शब्द दिनेश सुवेदीको छ । गीतको बोल भने सार्वजनिक गरिएको छैन ।
आगामी भदौबाट ‘संजीवनी’ फिल्मको छायाँकन सुरु गर्ने तयारी निर्माण टिमको छ ।