२७ जेठ २०८३, बुधबार

एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या समाधान हुँदैन : योगेश भट्टराई

असार १४, २०८०
काठमाडौं
एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या समाधान हुँदैन : योगेश भट्टराई
फाइल फोटो

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् ।

बिहीवार सामाजिक सञ्जालमार्फत उनले नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने भन्दै वार्ता र संवादका लागि एमाले तयार रहेको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसन इलामले ७२ औं मदन जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा जाँदै गर्दा इलाम बजारमा केही व्यक्तिले कालो झण्डा देखाएको भन्दै उनले विरोध गर्ने अधिकार प्राप्तिका लागि आफूहरूले ठूलो संघर्ष गरेको बताए ।

मदन भण्डारीजस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयम् उनीहरूका लागि लज्जाको विषय भएको उनको भनाइ थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्