×

NIC ASIA

अंगदानका लागि समुदायस्तरमा जनचेतना आवश्यक रहेकोमा जोड

बुटवल | असार १७, २०८०

Prabhu Bank
NTC
Premier Steels

मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्‍याउँदा जटिल खालका दीर्घरोगीको संख्या बढ्दो छ ।

Muktinath Bank

स्वास्थ्यप्रति सचेत नहुने, खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह, मिर्गाैला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्ने गरेको पाइएको छ । त्यस्ता रोगको समयमा उपचार नगर्नाले मिर्गौैला, कलेजो र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको शिकार हुनुपर्ने अवस्था समेत रहेको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार बुटवलमा गरेको मस्तिष्क मृत्युपश्चातको अंगदानसम्बन्धी कानूनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मानिसले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन खानपान र जीवनशैलीमा सचेत हुनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनले मिर्गाैला प्रत्यारोपण गर्न चाहँदा पनि बिरामीले सहजै मिर्गाैला प्रत्यारोपी पाउन सक्ने अवस्था नहँुदा प्रत्यारोपण केन्द्रले अहिले मरणोपरान्त अंगदानको सामाजिक अभियान थालेको जानकारी दिए । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले खेर जान लागेको अंगलाई सदुपयोग गरेर अरुको ज्यान बचाउन मर्नुअघि मञ्जुरीनामा दिने अवस्था बनाउन सकिए धेरै मिर्गाैला रोगीको ज्यान बचाउन सकिने जानकारी दिए ।

Vianet communication

‘आफू मरे पनि आफ्नो अंग अरूको शरीरमा बाँचिरहन पाउँछ । यो पुण्य काम हामी सबैले गर्नुपर्छ,’ उनले भने, ‘यसले नेपाललाई मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन निकै मद्दत गर्छ ।’

उनले जनचेतनाको कमीका कारण मस्तिष्क मृत्युपछि प्रयोग गर्न सकिने अंगहरू खरानी भएर वा माटोमुनि गइरहेको उनको भनाइ छ । कार्यक्रममा एक जनाको मस्तिष्क मृत्युपश्चात ८ वटा अंग अन्य मानिसलाई उपयोग हुनसक्ने हुँदा पनि यसबारे आम नागरिकलाई सचेतना जगाउँदै कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने उनले सुझाव दिए ।

केन्द्रका निर्देशक डा. श्रेष्ठले नेपालमा प्रत्येक वर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको जनाउँदै जनचेतना जगाउन सकिएमा वर्षमा ८ हजार अंग प्राप्त गर्न सकिने सम्भावना रहेको बताए । ‘नेपालमा निकै कम मात्र मस्तिष्क मृत्युबाट प्राप्त अंग प्रत्यारोपणमा उपयोग भएको छ,’ उनले भने, ‘एउटा मस्तिष्क मृत्यु भएकोबाट ८ जनाले जीवनदान पाउन सक्छन् ।’

स्वस्थ जो–कोही मानिसले पनि अंगदान गर्न सक्ने र कानूनले अहिले आफन्तहरूको ५२ नाताबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेको उनले जानकारी दिए । मानव अंग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले व्यवस्था गरेको छ ।

उनले नेपालमा मिर्गौलाका बिरामीको नियमित डायलायसिसभन्दा प्रत्यारोपण गरेकाहरूको जीवन बढ्ने बताए । उनले नेपालमा महंगो शुल्क तिरेर डायलायसिस गर्ने प्रक्रियाबाट आंशिक हुँदै अहिले सरकारले पूर्णरूपमा निःशुल्क डायलायसिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

उनले मिर्गौलाका बिरामीलाई निःशुल्क डायलायसिसको अभियानसँगै बिरामीलाई स्वास्थ्य भएर बाँच्न र परिवारमा पनि सहजताको वातावरणका लागि प्रत्यारोपण नै उत्तम विकल्प हुने विशेष ज्ञान दिने अभियान थालिएको बताए । प्रत्यारोपणको विकल्प डायलायसिस हुन नसक्ने बरु डायलायसिस गरेका बिरामीलाई पनि एक मुठी पानी पिउँदा सास बढ्ने र कठिन हुने गरेको बताए । ‘सरकारले डायलायसिस सेवा निःशुल्क गरेको छ । जसको लागत वर्षमा २ लाख ५२ हजार खर्च हुन्छ,’ उनले भने, ‘२ वर्षको डायलायसिस खर्चबाट मिर्गाैला प्रत्यारोपण गर्न सकिन्छ ।’

नेपाल सरकारले विक्रम संवत् २०७३ सालदेखि प्रत्यारोपणका लागि पूर्णरूपमा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको र नेपालमा प्रत्यारोपण सफलताको प्रतिशत ९९ प्रतिशत रहेको उनले जानकारी दिए ।

देशभर प्रत्येक वर्ष मिर्गौला प्रत्यारोपणको माग ३ हजार जनाको रहे पनि केन्द्रमा भने हप्ताको ४ जनाको गरी वर्षको २०० जनाको प्रत्यारोपण क्षमता मात्र रहेको निर्देशक डा. श्रेष्ठले बताए । उनले मिर्गाैला प्रत्यारोपणको सेवा केन्द्रमा मात्र नभएर अब यस्तो सेवालाई विकेन्द्रिकृत गर्नुपर्नेमा जोड दिए । ‘यो सेवालाई अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ,’ उनले भने, ‘अब बुटवलमा पनि यस्तो स्वास्थ्य सेवा शुरू गर्न आह्वान गर्छु ।’

कार्यक्रममा डा. कल्पना श्रेष्ठले अंगदान गर्ने व्यक्तिको परिवारलाई बुझाउन धेरै कठिन हुने गरेको बताए । उनले मस्तिष्क मृत्युपछि २४ घन्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको समेत जानकारी दिए । उनले नेपालमा मिर्गौला प्रत्यारोपणमा पनि लैंगिक विभेद रहेको बताए ।

‘मिर्गाैला प्रत्यारोपणका बिरामी महिलाले पुरुषबाट अंग प्राप्त गर्ने संख्या निकै कम छ,’ उनले भने, ‘यसको तुलनामा महिलाबाट पुरुष बिरामीले मिर्गौला लिने संख्या निकै ठूलो छ ।’

लुम्बिनी प्रदेश सभाका प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले आमनागरिकको स्वस्थ्य सेवालाई सरल र सहज बनाउने विषयमा ३ तहकै सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । नीतिगत समस्यालाई समाधान गरेर सेवा विस्तारमा सरकारी अस्पतालहरूको ध्यान जानुपर्ने उनले बताए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा स्वास्थ्य क्षेत्रमा जनतालाई सेवा प्रदान गर्न उल्लेख्य काम भएको बताए । उनले आम्दा जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमम क्यान्सर, न्यूरोसर्जन सेवा शुरू गर्ने छलफल चलाएको बताए ।

कार्यक्रममा प्रत्यारोपण विशेषज्ञ डा. दिपेश श्रेष्ठ, मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले समाजमा प्रत्यारोपणका बारेमा सचेतना जगाउने काम गर्नु आवश्यक रहेको बताए । – भरत केसी/रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x