
अभिनेता आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् ।
टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।
‘समीक्षाको परिवार तपाईँको परिवारमा केटा माग्न आउनुभयो भने के भन्नुहुन्छ ?’ प्रस्तुतकर्ता प्रकाश सुवेदीको प्रश्नमा आमेशले जवाफ दिएका छन् ‘हुन्छ भन्छु । मेरो उमेर पनि भयो ।’
पछिल्लो केही समययता आमेश र समीक्षा टिकटक भिडियोमा एकसाथ देखिने गरेका छन् ।
विशेषगरी अस्ट्रेलियामा रहँदा यी दुईका टिकटक भिडियो धेरै सार्वजनिक भएका हुन्थे । सोहीकारण उनीहरूबीच प्रेम सम्बन्ध रहेको समेत चर्चा चलेको छ । अन्तर्वार्तामा आमेशले समीक्षासँग प्रेम सम्बन्ध नभएको र मिल्न साथी भएको जवाफ दिएका छन् ।
उनले समीक्षा आफूलाई ‘स्ट्रोङ’ लाग्ने गरेको बताए । समीक्षाको लाइफमा जो व्यक्ति आएपनि त्यो लक्की हुने आमेशले बताएका छन् ।
‘उहाँ धेरै राम्रो मान्छे हो । मेरो जीवनमा आउनुभयो भने भाग्यमानी ठान्थेँ होला’ उनले भनेका छन् ।