
अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको आगामी फिल्मको नाम ‘उपहार’ तय गरिएको छ ।
निर्माण टिमले मंगलवार मात्रै फिल्मको नाम सार्वजनिक गरेको हो ।
लभस्टोरी र सोसल जनरामा निर्माण हुने यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।
रेखा फिल्मस् र कपनगढी ब्यानरमा निर्माण हुन लागेको फिल्ममा रेखा थापा र पूजा शर्माको शीर्ष भूमिका रहनेछ । अन्य कलाकार तय हुन बाँकी रहेको जनाइएको छ ।

गुरुपूर्णिमाको अवसर पारेर सोमवार गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण सुरु गरिएको छ ।
बाबुल गिरीले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ ।
एलिनाले रेखाको यही फिल्ममार्फत पाश्र्व गायनमा डेब्यू गरेकी छिन् ।