०७ असार २०८३, आइतबार

रेखा थापाले ‘उपहार’ नामक फिल्म बनाउँदै

असार १९, २०८०
काठमाडौं
रेखा थापाले ‘उपहार’ नामक फिल्म बनाउँदै

अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको आगामी फिल्मको नाम ‘उपहार’ तय गरिएको छ । 

निर्माण टिमले मंगलवार मात्रै फिल्मको नाम सार्वजनिक गरेको हो ।

लभस्टोरी र सोसल जनरामा निर्माण हुने यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।

रेखा फिल्मस् र कपनगढी ब्यानरमा निर्माण हुन लागेको फिल्ममा रेखा थापा र पूजा शर्माको शीर्ष भूमिका रहनेछ । अन्य कलाकार तय हुन बाँकी रहेको जनाइएको छ । ​

गुरुपूर्णिमाको अवसर पारेर सोमवार गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण सुरु गरिएको छ । ​

बाबुल गिरीले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ ।

एलिनाले रेखाको यही फिल्ममार्फत पाश्र्व गायनमा डेब्यू गरेकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्