२४ असार २०८३, बुधबार

सङ्घीय शिक्षा ऐन छिटो ल्याउन माग

असार २३, २०८०
काठमाडौं
सङ्घीय शिक्षा ऐन छिटो ल्याउन माग

नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो सङ्घीय शिक्षा ऐन आवश्यक रहेको बताएका छन्।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौँ शिक्षक सौगात २०८०’ शनिबार विमोचन गर्दै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्य भट्टराईले सो शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट गरे । उनले शिक्षकहरू समाजको पथप्रदर्शक भएकाले शिक्षकलाई सम्मानित व्यवहार हुनुपर्ने माग गरे ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्षहरु बाबुराम थापा, बाबुराम अधिकारी, लक्ष्मण शर्मा, वर्तमान महासचिव हंस शाही, पूर्वउपाध्यक्ष विष्णु पोखरेल, बागमती प्रदेश अध्यक्ष नीरबहादुर कार्की, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्