०७ असार २०८३, आइतबार

‘पशुपति प्रसाद २ : भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज पक्का

असार २५, २०८०
काठमाडौं
‘पशुपति प्रसाद २ : भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज पक्का
फाइल तस्वीर

दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज पक्का भएको छ । 

यो फिल्म नेपालसहित अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जापानसहित यूरोपका विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने भएको हो । 

साथै भारत, कोरिया, मलेसिया, इराक, हङकङमा पनि फिल्म एकैदिन प्रदर्शनमा आउने निर्माता कम्पनी टुकी आर्टसले जनाएको छ । टुकी आर्टस् र सेभेन सीज प्रा.लीबीच सोमबार मात्रै फिल्मको अन्तराष्ट्रिय रिलिजसम्बन्धी सम्झौता भएको हो । 

सम्झौतापश्चात टुकी आर्टसले प्रेस रिलिज जारी गर्दै नेपाली फिल्मको इतिहासमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को अन्तराष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुनसक्ने पनि बताएको छ । यसले समग्र नेपाली फिल्म उद्योगलाई नै माथि उठाउन राम्रो भूमिका खेल्ने विश्वास निर्माण पक्षको छ । 

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको फिल्ममा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरेलगायतका कलाकारहरूले शीर्ष भूमिकामा अभिनय गरेका छन् । आउँदो दसैंको फूलपातीको दिनबाट फिल्म वल्र्डवाइड प्रदर्शनमा आउने भएको हो ।

कमेन्ट गर्नुहोस्