०७ असार २०८३, आइतबार

फिल्म ‘पापी मान्छे ३’को निर्माण घोषणा

असार २७, २०८०
काठमाडौं
फिल्म ‘पापी मान्छे ३’को निर्माण घोषणा
फिल्म ‘पापी मान्छे २’को एक दृश्यमा अभिनेता निखिल उप्रेती, अभिनेत्री पूजना प्रधानसहित विशेष भूमिकामा देखिएको कुकुर ।

नेपाली फिल्म ‘पापी मान्छे ३’ निर्माण हुने भएको छ । १८ वर्षअघिको सुपरहिट फिल्म ‘पापी मान्छे’को सिरिजका रुपमा यो फिल्म निर्माण हुन लागेको हो । 

आर.सी. पिक्चर्सको प्रस्तुतिमा राज कुमार राईले फिल्म निर्माण गर्न लागेका हुन् । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले फिल्मको निर्देशन गर्नेछन् । बुधवार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा चिपाञ्जीलाई राखिएको छ । 

निर्देशक पराजुलीले जनावरका साथमा अहिलेका चल्तीका कलाकारहरूलाई लिएर मूलधारको व्यावसायिक फिल्म बनाउन लागिएको बताए । 

दीपक श्रेष्ठको निर्देशनमा बनेका ‘पापी मान्छे’ र ‘पापी मान्छे २’मा अभिनेता निखिल उप्रेतीको शीर्ष भूमिका थियो, साथमा कुकुर र बाँदरलाई पनि विशेष रुपमा प्रस्तुत गरिएको थियो । कुकुर र बाँदरको अभिनयलाई लिएर पनि ती फिल्मको चर्चा भएको थियो ।

null

कमेन्ट गर्नुहोस्