
समसामयिक विषय वस्तुमा बनेको नेपाली चलचित्र ‘चिसो मान्छे’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन भइरहेको छ ।
विभिन्न कारणबस हलसम्म गएर चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन् ।
‘चिसो मान्छे’ सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन भइरहेको छ ।
यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ–नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पाउन सकिने डिशहोमले जनाएको छ ।
३ महिना अथवा एक हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ ओटा मुभी टिकट ग्राहकहरूले प्राप्त गर्न सक्छन् ।
डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नं. मा एसएमएसमार्फत प्राप्त हुनेछ ।
थप जानकारीका लागि ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न डिशहोलले आग्रह गरेको छ ।