२८ जेठ २०८३, बिहीबार

ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुने

साउन ३, २०८०
काठमाडौं
ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुने

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज बुधवार पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलवार बहस हुँदाहुँदै समय सकिएपछि बुधवार सुनुवाइ हुने भएको हो ।

ललिता निवास प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर भएको थियो ।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्