१० साउन २०८३, आइतबार

करिश्मा लेख्छिन् – महानगरले ‘बगान’लाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो

साउन ३, २०८०
काठमाडौं
करिश्मा लेख्छिन् – महानगरले ‘बगान’लाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो

अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले आफ्नो फिल्मलाई ५० हजार रुपैयाँ जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदिएको उल्लेख गरेकी छिन् । 

प्रदर्शनरत फिल्म ‘बगान’ले जथाभाबी पोस्टर टाँसेर प्रदूषण तथा फोहरमैला गरेको भन्दै महानगरले फिल्मको निर्माण कम्पनीलाई मंगलवार जरिवाना तिराएको थियो । 

सोही सन्दर्भलाई लिएर करिश्माले बुधवार आफ्नो फेसबुक वालमा लेखेकी छन् ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो ! कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ?’ 

उनको यो स्टाटसमाथि धेरैले आलोचना गरेका छन् । सरोज खनालको निर्देशन रहेको ‘बगान’ गत शुक्रवारदेखि प्रदर्शनरत छ ।

salt training

कमेन्ट गर्नुहोस्