
अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले आफ्नो फिल्मलाई ५० हजार रुपैयाँ जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदिएको उल्लेख गरेकी छिन् ।
प्रदर्शनरत फिल्म ‘बगान’ले जथाभाबी पोस्टर टाँसेर प्रदूषण तथा फोहरमैला गरेको भन्दै महानगरले फिल्मको निर्माण कम्पनीलाई मंगलवार जरिवाना तिराएको थियो ।
सोही सन्दर्भलाई लिएर करिश्माले बुधवार आफ्नो फेसबुक वालमा लेखेकी छन् ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो ! कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ?’
उनको यो स्टाटसमाथि धेरैले आलोचना गरेका छन् । सरोज खनालको निर्देशन रहेको ‘बगान’ गत शुक्रवारदेखि प्रदर्शनरत छ ।