११ साउन २०८३, सोमबार

आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १५४ रूपैयाँ २१ पैसा

साउन १०, २०८३
काठमाडौं
आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १५४ रूपैयाँ २१ पैसा

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रूपैयाँ २१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।     
     
युरोपियन युरो एकको खरिददर १७५ रूपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रूपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रूपैयाँ १८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रूपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रूपैयाँ ५३ पैसा र बिक्रीदर १०९ रूपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रूपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रूपैयाँ ९२ पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ ४२ पैसा र बिक्रीदर नौ रूपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ७७ पैसा र बिक्रीदर २२ रूपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रूपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रूपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रूपैयाँ ३० पैसा र बिक्रीदर ४२ रूपैयाँ ४६ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५८ पैसा र बिक्रीदर चार रूपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रूपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ५४ पैसा र बिक्रीदर १० रूपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ८६ पैसा र बिक्रीदर १५ रूपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ ४९ पैसा र बिक्रीदर २३ रूपैयाँ ५९ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ ६७ पैसा र बिक्रीदर १९ रूपैयाँ ७४ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रूपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रूपैयाँ ९९ पैसा बिक्रीदर ४१० रूपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रूपैयाँ ५३ पैसा र बिक्रीदर ४०२ रूपैयाँ ०९ पैसा रहेको छ ।     
     
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्