११ साउन २०८३, सोमबार
मध्यराति दुई पक्षबीच झडप

सुनसरीका दुइटा गाउँपालिकाभरि निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

साउन ११, २०८३
काठमाडौं
सुनसरीका दुइटा गाउँपालिकाभरि निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

सुनसरीको कप्तानगन्जमा गएराति भएको घटनापछि दुइटा गाउँपालिकाभरि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बिहान ७ बजेदेखि लागु हुनेगरी हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् ।

घटनापछि बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सोमबार साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ घिमिरेले सूचना जारी गरी जानकारी दिए।

निषेधाज्ञा अवधिभर एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लंघन भए ५०० रूपैयाँ जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने पनि प्रजिअ घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । 

कप्तानगञ्जमा गएराति दुई समूहबीच झडप भएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार भीड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।

साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो । अनावश्यक होहल्ला भएको भन्दै अर्को पक्षले विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति बनेको हो । 

अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ । घटनामा तीन प्रहरीसहित ११ जना घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्