
जबर्जस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट १८ वर्ष कैद र ६ लाख रूपैयाँ जरिवाना सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।
सर्वोच्च अदालतको गत जेठ १० गतेको फैसलाअनुसार दोषी ठहर भएका सल्यानको शारदा नगरपालिका–१ निवासी २७ वर्षीय अजय बुढाथोकीलाई जिल्ला प्रहरीको टोलीले सल्यानको श्रीनगर बजारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बुढाथोकीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी जिल्ला अदालत सल्यानमा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसपछि उनी कारागार चलान भएका छन् ।