३० जेठ २०८३, शनिबार

मौद्रिक नीतिको नयाँ व्यवस्था : विदेश जाने नेपालीले २ हजार ५ सय डलर साट्न पाउने

साउन ७, २०८०
काठमाडौं
मौद्रिक नीतिको नयाँ व्यवस्था : विदेश जाने नेपालीले २ हजार ५ सय डलर साट्न पाउने

भारत बाहेक तेस्रो मुलुकको भ्रमणमा जाने नेपालीले एकपटकमा २ हजार ५ सय रुपैयाँ अमेरिकी डलर साटन पाउने भएका छन् । 

यसअघि १ हजार ५ सय रुपैयाँ रहेको सीमा रहेकोमा बढाएर २ हजार ५ सय पुर्‍याइएको हो । आइतवार सार्वजनिक भएको मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले नेपालीले साट्न पाउने डलरको सीमा बढाएको हो । 

‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलब्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ’ मौद्रिक नीतिको १ सय १७ औं बुँदामा उल्लेख छ 

salt training

कमेन्ट गर्नुहोस्