×

NMB BANK
NIC ASIA

छात्रवृत्तिको विवरण बुझाउन महानगरको २४ घण्टे अल्टिमेटम, आजसम्म नबुझाए कारवाही

विराटनगर | साउन ८, २०८०

NTC
Premier Steels

विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरूलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

Muktinath Bank

विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतवार बसेको बैठकले सोमवार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयमाथि कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि संस्थागत विद्यालयसामु महानगर निरीह बनिरहेको थियो । ‘विराटनगरका अधिकांश निजी विद्यालयले बुझाउँदैनन् छात्रवृत्ति विवरण, महानगर निरीह’ शीर्षकमा लोकान्तरले समाचार प्रकाशन गरेपछि महानगरको चौतर्फी विरोध भएको थियो ।


Advertisment
Nabil box
Kumari

साउन ३ गते लोकान्तरले समाचार प्रकाशन गरेको थियो । त्यसको हप्तादिन नबित्दै महानगरले चासो देखाएको हो । 

Vianet communication

आइतवार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बाल विकास कक्षादेखि १२ कक्षासम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको छ । 

विवरण पेश नगर्ने विद्यालयको नाम महानगरको वेबसाइटमार्फत सार्वजनिक गर्ने महानगरले जनाएको छ । ‘सोमवार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेश नगरे हामी त्यस्ता विद्यालयमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौं,’ मेयर कोइरालाले भने, ‘महानगरले पटक–पटक विवरण उपलब्ध गराउनका लागि ताकेता गर्दा पनि बेवास्ता गरेको पाइएको छ । सोमवारसम्म हेरौं, त्यसपछि महानगर कडा रूपमा प्रस्तुत हुन्छ ।’ 

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको छ  । आईईएमआईएसमा दर्ता नभएका विद्यालयको संख्या समेत जोड्ने हो भने महानगरभित्र करीब १०० को हाराहारीमा संस्थागत विद्यालयहरू सञ्चालनमा रहेका छन् । 

त्यसमध्ये आइतवार कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेश गरेका छन् । सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेश गरेका छैनन् । २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेश गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जानकारी दिए ।

खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेश गर्न बाँकी रहेको छ ।

शैक्षिक सत्र २०८० मा ११ कक्षाको छात्रवृत्ति व्यवस्थापन सम्बन्धी परीक्षा महानगर आफैंले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x