
प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहित मानन्धरको मुख्य भूमिका रहेको फिल्म ‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरमा पछिल्लो समय देशमा भइरहेको हत्या, हिंसा र बलात्कार जस्ता अपराधको कथा देखाइएको छ ।
फिल्मको सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले सजिलै कानूनको गलत प्रयोग गर्छ भन्ने देखाइएको छ । प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ ।
पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सन्दीप बाबु लोहनी, रुपेश दाहाल लगायतको पनि अभिनय छ ।
राकेश रणपालको कथा रहेको फिल्मलाई उत्तम हुमागाईँ र मोहन कुमार झिल्लुले छायांकन, बनिश शाहको सम्पादन छ । यो फिल्म यहि साउनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।