×

NMB BANK
NIC ASIA

निजी स्कूललाई कारवाही गर्नबारे मेयर र प्रमुख प्रशासकीय अधिकृतको मत जुध्यो

विराटनगर | साउन ९, २०८०

NTC
Premier Steels

विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरूलाई दिएको २४ घण्टे अल्टिमेटम सकिएको छ ।

Muktinath Bank

अल्टिमेटम सकिँदासम्ममा केही विद्यालयले अझै पनि विवरण बुझाउन अटेरी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझै १० वटा विद्यालयले विवरण नबुझाएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । 


Advertisment
Nabil box
Kumari

विराटनगर महानगरको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतवारको बैठकले सोमवार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरूमाथि कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । ‘सोमवार ५ बजेसम्ममा १० वटाभन्दा कम विद्यालयले मात्रै विवरण पठाएका थिए,’ प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने, ‘मेलमा पठाइदिए भने पनि त्यो पनि समावेश हुन्छ ।’ उनले केही विद्यालय बन्द भएका पनि हुनसक्ने बताए ।
 
‘शिक्षा ऐन हेर्‍यो भने महानगर केही होइन भन्ने खालको छ । छात्रवृत्तिमा केही उजुरी आयो भने हेर्ने भनेको छ । आज मैले कानूनी सल्लाकारहरूसँग पनि बुझेको छु । अन्यत्र जस्तो हावादारी कुरा सुनेर हामीले पनि त्यही निर्णय गर्नु हुँदैन । अहिले नै कारबाही गरिहाल्नेमा हामी छैनौं । निजी विद्यालयले अटेर गर्ने विषय चित बुझ्दो नभएको हो । सबैजसो विद्यालयले विवरण पठाएका छन् । केही बन्द पनि भएका होलान् तर विवरण नपठाउनेलाई अहिले नै कारबाही गरिहाल्नुपर्छ भन्ने पक्षमा महानगर छैन,’ उनले भने ।

Vianet communication

निजी विद्यालयले दिने विवरण बनिबनाउ भएको उनले बताए । उनले भने, ‘उनीहरूले एउटा फोटोकपी गरेर दिँदा सकिइहाल्थ्यो । उनीहरूले जति दिएका छन्, त्यतिमै हामीलाई भइहाल्थ्यो । अरू ल्याऊ भनेको थिएन । जति छ, त्यही ल्याउनु भनेको हो ।’ 

निजी विद्यालयको विषयलाई लिएर मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत पराजुलीबीच मत जुधेको छ । मेयर कोइरालाले विवरण नबुझाउने विद्यालयलाई पहिला जरिवाना तोक्ने र त्यो पनि अटेर गरे खारेज गर्नेसम्मका कदम चाल्ने बताएका छन् ।

शिक्षा समितिका संयोजक समेत रहेका मेयर कोइरालाको अध्यक्षतामा आइतवार बसेको बैठकले शैक्षिक सत्र २०७९ को बाल विकास कक्षादेखि १२ कक्षासम्म र शैक्षिक सत्र २०८० को बाल विकासदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । महानगरमा ८९ वटा विद्यालय छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x