×

NMB BANK
NIC ASIA

काभ्रेका अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचार सेवा शुरू

काभ्रेपलाञ्चोक | साउन ९, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा शुरू गरिएको छ ।

Muktinath Bank

२ अस्पताल र सामाजिक सुरक्षा कोषबीच गत जेठमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकको उपचार सेवा शुरू गर्ने सहमति भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौताअनुसार हाल दुवै अस्पतालले सेवा शुरू गरेको जनाएका हुन् । धुलिखेल अस्पतालले भने स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

धुलिखेल अस्पतालका प्रशासन प्रमुख प्रद्युम्न श्रेष्ठका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत नागरिक बिरामी भएको अवस्थामा अस्पतालले कोषका तर्फबाट ८० प्रतिशत प्राप्त गर्छ भने व्यक्तिले २० प्रतिशत तिर्नु पर्नेछ । उनले नागरिकलाई थप सहजताका लागि कोष उपयोगी देखिएकाले सेवा शुरू गरिएको बताए ।

Vianet communication

सम्झौताअनुसार सूचीकृत भएको व्यक्ति बिरामी हुँदा कोषबाट उपचार खर्चबापत वर्षमा बढीमा १ लाख रुपैयाँसम्म पाउने छ । उपचार बापतको रकम दाबी गर्न कोषमा न्यूनतम ३ महिना योगदान गरेको हुनुपर्ने जनाइएको छ । कोषमा योगदान गरिरहेका श्रमिकले नजिकैको जुनसुकै अस्पतालमा उपचार गराउन सक्ने व्यवस्था गरिएको छ । 

अस्पतालको प्रेस्क्रिप्सन, औषधि तथा उपचार खर्चका सक्कल बिल, सामाजिक सुरक्षा कोषबाट प्राप्त कार्डसहित कोषमा उपलब्ध गराएपछि अस्पतालले वा सोझै अस्पतालको बिलसहित पेश गरेपछि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कोषले उपचार बापतको कूल दाबी रकमको ८० प्रतिशत अस्पताल वा व्यक्तिको बैंक खातामा १ हप्तादेखि १५ दिनभित्र जम्मा गरिदिन्छ । यस्तै कोषमा सूचीकृतले औषधोपचार तथा स्वास्थ्य सुरक्षा दाबीसँगै मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, आश्रित परिवार तथा उपदानका लागि दाबी गर्न पाइने व्यवस्था छ ।

धुलिखेल र बनेपामा यो सेवा शुरू भएसँगै रकम नभएका नागरिकलाई पनि उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x