०२ असार २०८३, मंगलबार
कोशी सरकार गठन विवाद

कोशी प्रदेश सरकार गठन विरुद्धको रिट आज पनि 'हेर्दाहेर्दै'मा

साउन १०, २०८०
काठमाडौं
कोशी प्रदेश सरकार गठन विरुद्धको रिट आज पनि 'हेर्दाहेर्दै'मा

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट आज (बुधवार) पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा दुवै पक्षको सुनुवाइ सकिए पनि आज आदेश भने आएन ।

उक्त रिटको फैसला भने बिहीवार आउने सम्भावना छ ।

यसअघि मंगलवार पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । थापाको नेतृत्वमा गठित सरकार बदर गरी आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन एमालेले परमादेश माग गरेको छ ।

रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो ।

त्यसपछि ​गत सोमवार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्