१५ असार २०८३, सोमबार

सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य छ : उपप्रधानमन्त्री श्रेष्ठ

साउन ११, २०८०
महोत्तरी
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् ।

बिहीवार महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको ३ दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउनुपर्ने आवश्यकता औंल्याए ।

पछिल्लो कालमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक भए पनि हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य मान्यता र मान्छे हुनुको दायित्वबोध गराउनैपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । 

जीविकोपार्जनमा मात्र जोड दिइयो र प्राविधिक शिक्षा पाएकाहरूले पैसाका लागि मात्र काम गर्न थाले भने मुलुकले चाहेको सुशासन फलित हुन नसक्ने उनको भनाइ थियो ।
    
‘हाम्रो आवश्यकता मुलुकको समृद्धि हो, यसका लागि विकास र सुशासन अपरिहार्य छन्,’ उनले भने, ‘यी कुरा अघि बढाउन इमानको मान्छे चाहिन्छ, हाम्रो शिक्षाले त्यो इमान दिनुपर्‍यो ।’
 

salt training

कमेन्ट गर्नुहोस्