×

NMB BANK
NIC ASIA

आकर्षक रोजगारी भन्दै नेपालीलाई द्वन्द्वग्रस्त क्षेत्रमा पठाइँदै, सचेत हुन परराष्ट्रको आग्रह

काठमाडाैं | साउन १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी तथा तलब, सुविधाको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको पाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Muktinath Bank

शुक्रवार एक सूचना जारी गर्दै मन्त्रालयले त्यहाँ पुर्‍याएर तलब, सुविधा पनि नदिइएको जानकारी प्राप्त भएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानूनी रूपमा थाइल्यान्डबाट स्थलमार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानी समेत जफत गरी दैनिक १२–१३ घण्टासम्म अनलाइन ठगी लगायतका गैरकानूनी काममा लगाउने गरेको बुझिन आएको छ,’ सूचनामा उल्लेख छ, ‘यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गर्ने गर्नुभएको छ ।’


Advertisment
Nabil box
Kumari

नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीको उद्धार गरिसकेका र थप नेपालीको उद्धारको प्रयास भइरहेको जनाइएको छ । तर म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकाले उद्धार गर्न समेत चुनौतीपूर्ण रहँदै आएको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

यसरी नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झूटा आश्वासनमा नपर्न नेपाली नागरिकलाई मन्त्रालयले अनुरोध गरेको छ ।

विदेशमा रोजगारी गर्न जाँदा पर्यटक/भिजिट भिसामा नगई प्रचलित नेपाल कानूनबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान परराष्ट्र मन्त्रालयको अनुरोध छ ।

‘यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्नहुन र आफैंले समेत सम्बन्धित कम्पनी/रोजगारदाताको बारेमा वेवसाइट/टेलिफोन/इमेलमार्फत सम्पर्क गरी जाँचबुझ गर्नहुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ, ‘वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवम् नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यहरूमा संलग्न हुने/गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकोले यस्ता गैरकानूनी कार्यहरू नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । उल्लिखित विषयहरू लगायतका सम्बन्धमा कुनै जानकारी लिनुपरेमा नेपाली राजदूतावास, बैंकक तथा यांगुनको इमेल [email protected][email protected]  टेलिफोन नम्बरहरू +66-869915554, +95-1-545880 र +95-1-557168 तथा फेसबुक पेज Embassy of Nepal in Bangkok, Embassy of Nepal in Yangon Myanmar मा सम्पर्क गर्न अनुरोध गरिन्छ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x