माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडाैं | साउन १४, २०८०
भारतले बासमती (महंगो मूल्यको) बाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा पर्न थालेको छ ।
भारतले ४ साउनबाट चामल निर्यातमा रोक लगाउने घोषणा गरेलगत्तै नेपालमा बोरामै २ सयदेखि २५० रुपैयाँसम्मले भाउ बढेको हो ।
आन्तरिक बजारको मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै भारतले गरेको निर्यात प्रतिबन्धको घोषणालगत्तै नेपालमा अस्वाभाविकरूपमा भाउ बढाइएको हो ।
सरकारी तथ्यांकअनुसार नेपालमा ३ महिनालाई पुग्ने चामल मौज्दात छ । तर, भारतले प्रतिबन्ध लगाएको खबर पाउनेबित्तिकै व्यापारीहरूले ‘स्टक’को चामलमै पनि मूल्य बढाइसकेका छन् ।
व्यापारीले बढी नाफा लिएर चामल बेच्न थालेका कारण आम उपभोक्ताको भान्छा महंगिसकेको छ ।
नेपालकै विभिन्न आन्तरिक कारणलाई बहाना बनाएर भाउ बढाउने नेपालका व्यापारीहरूलाई भारतले निर्यातमै प्रतिबन्ध लगाउनुले राम्रो बहाना मिलेजस्तो भएको खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य बताउँछन् ।
उनले भने, ‘थोक व्यापारीले नै भाउ बढाएर पठाएकाले खुद्रा व्यापारीले बढाएर बेच्नुपरेको हो । खुद्रा व्यापारीले आफूसँग भएको चामल भाउ नबढाइ बेचे पनि थोक व्यापारीले भएकै मौज्दातमा समेत बढी मूल्य लिए ।’
उनका अनुसार अहिले पनि ठूला व्यापारीको गोदाममा ३/४ महिनालाई पुग्ने चामल मौज्दात छ, तर बजार भाउ बढिसकेको छ ।
सरकारले ठूला व्यापारीको मनोमानीलाई बेवास्ता गर्ने र ४/५ बोरा राखेर बेच्ने खुद्रा व्यापारीलाई मात्रै देख्ने गरेको गुनासो बज्राचार्यले गरे । भारतको चामल निर्यात प्रतिबन्ध लम्बिने हो भने थप भाउ बढाउन चलखेल हुन सक्ने उनको भनाइ छ ।
हल्लाको भरमा चल्ने नेपाली बजार र यसलाई नियन्त्रण गर्न नसक्ने सरकारी कमजोरीका कारण ‘स्टक’को सामान पनि भाउ बढाएर बेच्ने गरिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।
‘भारतले प्रतिबन्ध नलगाएको लङग्रेनमा समेत अस्वाभाविक भाउ बढेको छ, तर सरकार मुकदर्शक बनेर बसेको छ,’ तिमिल्सिनाले लोकान्तरसँग भने ।
सरकारलाई व्यवसायीले चामलमा मूल्य बढाउन सक्छन् भनेर यसअघि नै सचेत गराउँदा पनि बेवास्ता गरिएको उनले गुनासो गरे ।
सरकारी निकायसँगकै मिलेमतोमा भाउ बढाउने खेल हुने गरेको उनको आशंका छ ।
सरकारी रबैयाकै कारण भोलि नेपालीले भातै खान नपाउने र भयावह अवस्था आउन सक्ने चिन्ता समेत तिमल्सिनाले व्यक्त गरे ।
बजारमा दैनिक एक हजार बोरा चामल बिक्री गरिरहेको आरजु राइसका महाप्रबन्धक विवेकानन्द झा नेपालीको माग जिरा मसिनो चामलमा बढी रहेको र सोही वस्तु प्रतिबन्धमा परेको बताउँछन् ।
उनले भने, ‘नेपालमा उत्पादन नै नहुने चामलमा लागेको प्रतिबन्ध र यसैको माग उपभोक्तामा बढी भएकाले ठूलो असर पर्न सक्छ ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर चामल निर्यातमा भारतले लगाएको प्रतिबन्धको विषयमा गम्भीररूपमा छलफल भएको बताउँछन् ।
उनले भने, ‘चामलमा लागेको प्रतिबन्धपछि उद्योगी व्यवसायीसँगको छलफलमा उनीहरूले ३ महिनालाई पुग्ने चामल मौज्दात छ भनेका छन् । कात्तिकको अन्तिमदेखि बजारमा नयाँ चामल आउने हुँदा भोकमरीको समस्या नहुने र भाउ पनि नबढ्ने हाम्रो बुझाइ छ ।’
ठाकुरले थपे, ‘चामल निर्यातमा मात्रै प्रतिबन्ध लागेको हो, धान ल्याउन पाइन्छ । चामलको ठाउँमा आवश्यकताअनुसार धान आयात हुन सक्यो भने नेपाली उद्योग फस्टाउने र नेपाली नागरिक पनि भोकमरीमा नपर्ने हुन सक्छ ।’
मूल्यवृद्धिका विषयमा गुनासो आए तुरुन्तै अनुगमन गरेर कारवाही गरिने उनले बताए । ‘बजारमा हुने मूल्यवृद्धिको विषयमा विभागले तुरुन्तै अनुगमन गरेर कारवाही गर्न सक्छ । यसका लागि विभागमा गुनासो आउनुपर्ने हुन्छ,’ उनले भने ।
खुद्रा बजारमा केही मूल्य बढेको भनिए पनि कुनै उजुरी वा गुनासो नआएको ठाकुरले बताए ।
तथ्यांकअनुसार भने गत आर्थिक वर्ष २०७९/८० मा साढे ३६ अर्बको धान/चामल आयात भएको छ । नेपालमा आयात भएको यस्तो धान/चामल सबैजसो भारतबाटै आउने गरेको छ ।
भारतबाट नेपाल भित्रिएको धान/चामल गत वर्ष साढे ४७ अर्ब रुपैयाँको थियो । भारतले गत वर्ष धान १६ अर्ब रुपैयाँको पठाएको छ भने बाँकी विभिन्न प्रकारका चामल रहेको छ ।
पछिल्लो समय नेपालमा धान उत्पादन बढेकाले चामल आयात घट्दै गएको सरकारी निकायको भनाइ छ । कृषि मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समय धान उत्पादन बढेकाले पनि चामलको आयात कम भएको छ ।
धान–चामल आयातको तथ्यांक :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...