२४ असार २०८३, बुधबार

‘झुक्याउन पाइँदैन्’ गीतमा अञ्जली अधिकारीको जोडी बनेर देखिए पशुपति शर्मा

साउन १८, २०८०
काठमाडौं
‘झुक्याउन पाइँदैन्’ गीतमा अञ्जली अधिकारीको जोडी बनेर देखिए पशुपति शर्मा

गायक पशुपति शर्माको स्वर रहेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । बिहीवार बिहान उनकै अफिसियल युट्युब च्यानलमार्फत ‘झुक्याउन पाइँदैन्’बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा पशुपति र निशा केसीको स्वर छ । शब्द एवं संगीत पनि पशुपतिकै छ । विनोद बाजुरालीले गीतलाई एरेन्ज गरेका हुन् । 

भिडियोमा पशुपति मोडल अञ्जली अधिकारीका साथ देखिएका छन् । यी दुईको अभिनय एवं नृत्य भिडियोमा हेर्न सकिन्छ । 

यो भिडियोलाई स्मृति तिमिल्सिनाले कोरियोग्राफी एवं निर्देशन गरेकी हुन् ।

दुर्गा पौडेलको छायांकन रहेको भिडियो मनोज कार्कीको सम्पादनपश्चात दर्शकमाझ आएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्