
गायिका एलिना चौहानले पछिल्लो समय दिएको एक अन्तवार्ताका क्लिपहरू टिकटकमा भाइरल भएका छन् ।
उक्त अन्तवार्ताका क्रममा एलिनाको आँखाबाट आँसु झरेको देखिन्छ । उनी भावुक देखिएकी छन् ।
सोही क्लिपलाई लिएर उनका फ्यान एवं प्रशंसकहरूले उनलाई हरेस नखान र बलियो हुन सुझाव दिएका छन् । प्रशंसकले देखाएको मायाप्रति आफू नतमस्तक भएको एलिनाले बताएकी छन् । सामाजिक सञ्जालमा खुला पत्र लेख्दै उनले प्रशंसकप्रति आभार प्रकट गरेकी छन् ।
उनले विगतका संघर्षका कुरा गर्दा कमजोर नसम्झन पनि आग्रह गरेकी छन् ।
‘म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरहरूको मायाले दिनेछैन । भोगेको दुःखले कुनै न कुनै समयमा जीवनको अर्थ नबुझ्दा त्यो सोच मष्तिष्कमा भरिनु स्वाभाविक थियो तर मैले हार खाएकी छैन’ उनले लेखेकी छन् ‘मैले विगतका कुरा गर्दै गर्दा कमजोर भइछ नसम्झिनु होला । अझै धेरै कुरा गर्न उर्जा भरिएको छ हजुरहरूको साथ देखेर ।’ अन्तवार्ताका क्रममा आफूले गरेका कुराहरू कसैप्रति प्रहार नभएको उनले प्रष्ट पारेकी छन् ।
उनले आफू कमजोर नबनेको तर समयले कमजोर बनाउन खोजेको बताउँदै अहिले त्यो अवस्थाले हार खाई सकेको उल्लेख गरेकी छन् । ‘म आज एक्लै निडर भएकी छु’ उनले लेखेकी छन् ।
यस्तो छ उनको स्टाटस