×

NMB BANK
NIC ASIA

विराटनगरमा डेंगु संक्रमण बढ्दै, महानगर छलफलमा व्यस्त

विराटनगर | साउन १९, २०८०

NTC
Premier Steels

विराटनगरमा डेंगु संक्रमित बिरामीको संख्या १८ पुगेको छ ।

Muktinath Bank

महानगरको ४ नम्बर वडामा ४ जना, ३ नम्बरमा ३ जना, १ नम्बर वडामा ३ जना र अन्य वडाहरूमा १/१ जनामा डेंगुको संक्रमण पुष्टि भएको महानगरका स्वास्थ्य शाखा प्रमुख हैदर अलीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेंगुका बिरामी देखिँदा समेत महानगरले रोकथामका लागि चासो दिएको छैन । महानगर छलफल र अन्तर्क्रिया कार्यक्रममा व्यस्त बनिरहेको छ । शून्य बजेटमा महानगरले काम गरिरहेको प्रमुख अलीले बताए ।


Advertisment
Nabil box
Kumari

योजना बनाउने काममा व्यस्त भएर महानगरले काम गरिरहेको उनको दाबी छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको महानगरले जनाएको छ । 

Vianet communication

डेंगुका बिरामीको कोशी अस्पतालमा उपचार भइरहेको छ । ‘महामारीका रूपमा फैलिए कोभिड अस्पताललाई डेंगु अस्पतालका रूपमा प्रयोग गर्ने सहमति भएको छ,’ उनले भने, ‘फैलिँदै गए परीक्षणको दायरा पनि बढाउँछौं ।’

कोशी अस्पताल, रानी अस्पताल, बैजनाथपुर अस्पताल र प्रदेश ल्याबमा परिक्षण हुने गरेको छ । त्यहाँ पनि डाक्टरको सिफारिसमा मात्रै परीक्षण हुने गरेको छ । १० हजारको चेक गर्दा मात्रै ५ सयको पुष्टि हुने गरेकाले परीक्षणको दर नबढाइएको अलीले बताए ।
 
धरानमा परीक्षण गरिएकामध्ये ६१ प्रतिशतमा पोजेटिभ भेटिएको छ । बिहीवारसम्मको तथ्यांक अनुसार ४ हजार ६७९ जनाको परीक्षण गर्दा २ हजार ८३८ जनामा पोजेटिभ देखिएको थियो । यता महानगरका स्वास्थ्य शाखाका प्रमुख अलीले विराटनगरमा त्यस्तो अवस्था नआउने बताए ।

‘धरान र विराटनगरको कन्डिसन फरक रहेकाले यहाँ त्यस्तो अवस्था आउँदैन,’ उनले भने, ‘बिरामीको लक्षण बढ्दै गए १९ वटै वडामा परीक्षण थाल्छौं ।’

जनचेतनामूलक कार्यक्रममा खोज र नष्ट अभियान भने महानगरले आज शुक्रवारबाट थाल्ने भएको छ । जनचेतनामूलक कार्यक्रम तल्लो स्तरसम्म नपुगेसम्म नियन्त्रण गर्न समस्या हुने उनको भनाइ छ तर बजेटको अभाव देखाउँदै महानगरले टोलटोलमा पुगेर डेंगु रोगबाट बच्ने उपायबारे नगरवासीलाई कुनै जानकारी गराएको छैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x