२८ जेठ २०८३, बिहीबार
चक्रपथ विस्तारमा विलम्ब

हिलो र धुलोले बालाजु-गोंगबुवासी हैरान, विस्थापित हुँदै वारिपारिका व्यापारी [भिडियो]

साउन १९, २०८०
काठमाडौं
हिलो र धुलोले बालाजु-गोंगबुवासी हैरान, विस्थापित हुँदै वारिपारिका व्यापारी [भिडियो]

चक्रपथ सडकअन्तर्गत बालाजु, गोंगबुदेखि महाराजगञ्जसम्मको सडक प्राय: सधैं अस्तव्यस्त हुन्छ । चक्रपथ विस्तारको काममा ढिलाइ हुँदा सडक अस्तव्यस्त भएको लामो समय भयो ।

null

खण्ड-खण्डमा हिउँदमा धुलो र वर्षामा हिलोले यात्रु र स्थानीयवासीलाई हैरान बनाएको छ । हिउँदमा धुलो र बर्खामा हिलोले सडकमा हिँड्न सकिँदैन । बर्खामै पनि चर्को घाम लागेको दिन सडक धुलाम्मे हुन्छ ।

null

स्थानीयवासीसँगै सडकको वारिपारि व्यापार गर्नेहरूले यस्तो सास्ती खेप्दै आएको वर्षौं भइसक्यो । सडककै कारण धेरैको व्यापार चौपट भएको छ । कतिपय त विस्थापित समेत भएका छन् ।

null

गोंगबु चोकमा २२ वर्षदेखि घडी/मोबाइल पसलका सञ्चालन गर्दै आएका रामकृष्ण खड्काले सडकले सास्ती दिएको बताए । सडककै कारण व्यापार सुकेको उनको गुनासो छ । घडी सफा गरिरहेका उनले हिलो र धुलोकै कारण आफूले मोबाइल बेच्न छोडेको बताए । 'प्रत्येक १५ मिनेटमा सबै घडी निकाल्दै पुच्छु । जहिले सडक बनाउने भनेर लथालिङ्ग पारेर छोड्छ,' उनले भने, 'धुलोले मेरो पसलका सबै मोबाइल बिग्र्यो । ग्राहकले खरिद गरेको भोलिपल्टै बिग्र्यो भनेर आउँछन् र पैसा फिर्ता माग्छन् । यसो गर्दा गर्दै घाटामा गइयो । अहिले मोबाइल बेच्नै छोडिदिए ।'

null

पहिले मोबाइल/घडी बेचेरै छोरालाई इन्जिनियर र छोरीलाई बीबीए पढाएका उनले अहिले वर्षको ३/४ लाख ऋण मात्र बढेको दुखेसो पोखे । 'सडक चाँडै बने भने केही आशा गर्ने ठाउँ छ । नत्र, म विस्थापित हुने अवस्था छ,' उनले भने ।

null

त्यस्तै चोकको पारिपट्टी मोबाइल पसल गरिरहेका गणेश थापाको दु:ख पनि उस्तै छ । ३० वर्षदेखि गोंगबु चोकमा मोबाइल पसल गरिरहेका उनी पटक-पटक भइरहने सडक विस्तारले हैरान छन् । 'मेरो पसल पहिला ठूलो थियो । २ वटा सटरमा साइकल, स्टोभ र मोबाइल पसल थियो,' उनले भने, 'जब सडक विस्तार हुन्छ, तब घर भत्किँदै भत्किँदै अहिले घुम्तीजस्तोमा सीमित भएको छ ।'

null

पहिले दैनिक ३० हजारको व्यापार गर्ने उनले अहिले तीन हजार पनि मुस्किलले हुने गरेको सुनाए । पानी पर्दा हिलाम्ये र घाम लाग्दा धुलाम्मे सडक हुने भएकोले पसलमा ग्राहक आउन छोडेको उनले सुनाए ।

null

सोही स्थानमा रहेको हेल्मेट पसल सञ्चालक पार्वती थपलियाको गुनासो पनि उस्तै छ ।

'धुलोले हेल्मेट पुरानो देखेर ग्राहक नाक खुम्च्याउँछन् । कति हेरेर मात्रै जान्छन्,' उनले भनिन्, 'धुलो लागेको देखेर किन्दैनन् । एक साता अघिसम्म यहाँ माटोको पहाड थियो । अहिले हिलो छ ।'​

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्