सरकारले छिमेकी मुुलुक भारतबाट धान र चामल ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो ।
दुुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुुन सक्ने सम्भावित अभावलाई मध्यनजर गरेर धान र चामल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले धान र चामल ल्याउने विषयमा छलफल भएको र कति परिणाममा ल्याउने भनेर निर्णय भइनसकेको जानकारी दिए । बजारमा खाद्यान्न अभाव नभएको र आगामी दिनमा हुने सक्ने सम्भावित अभावलाई मध्यनजर गर्दै धान र चामल ल्याएर राख्ने हो कि भनी छलफल भएको गोरखापत्रमा खबर छ ।