२२ असार २०८३, सोमबार

महोत्तरीमा घट्दै सर्पदंशका बिरामी

असार २२, २०८३
महोत्तरी
महोत्तरीमा घट्दै सर्पदंशका बिरामी

 महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला चार वर्षयता उपचार लिने बिरामीको सङ्ख्या घट्दै गएको छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० यता वार्षिक उपचार लिने बिरामीको सङ्ख्या एक हजारभन्दा कम रहेको छ। चालु आर्थिक वर्षको असार २० गतेसम्म ७२२ जनाले उपचार लिएका छन्।

प्राविधिक टोलीका प्रमुख भोला चौधरीका अनुसार आसपासका क्षेत्रमा सर्पदंश उपचार सेवा विस्तार हुनु र सहरीकरणका कारण सर्पदंशका घटना घटेकाले बिरामीको सङ्ख्या पनि कम भएको हो। केन्द्र स्थापना भएयता ३२ हजारभन्दा बढीले उपचार सेवा लिइसकेका छन्।

salt training

कमेन्ट गर्नुहोस्