०७ साउन २०८३, बिहीबार

पिताम्बर पोखरेलले ल्याए ‘छम्म छम्म पाउजु’

साउन २४, २०८०
काठमाडौं
पिताम्बर पोखरेलले ल्याए ‘छम्म छम्म पाउजु’

पिताम्बर पोखरेलको प्रस्तुतिमा ‘छम्म छम्म पाउजु’बोलको गीत सार्वजनिक भएको छ । बुधवार सार्वजनिक यो तीज गीतमा हरि गिरी विमर्शी र निर्मला मगरको स्वर छ । पुरुषोत्तम गैरेको शब्द एवं संगीत रहेको गीतलाई राजु सुनामले एरेन्ज गरेका हुन् । 

भिडियोमा पिताम्बर पोखरेल, यशु भट्टराई, कृष्ण केसी र कल्पना कंडेलले अभिनय गरेका छन् ।

पुरुषोत्तम गैरेको निर्देशनमा तयार भिडियोलाई मारुभूमि नारायणले छायाँकन, दिपक विष्टले सम्पादन गरेका हुन् । 

प्रस्तुतकर्ता पोखरेलले अफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । 

पाल्पाको रिब्दिकोट गाउँपालिका –२ का पोखरेल लामो समयदेखि काठमाडौंमा रहेर होटल व्यवसायमा सक्रिय छन् । यसअघि आधा दर्जन गीतमा अभिनय गरेका उनी सामाजिक काममा पनि सक्रिय छन् । 

आउँदा दिनमा पनि वर्षमा १/२ वटा गीत आफ्नै प्रस्तुतिमा ल्याउने योजना रहेको पोखरेलले सुनाए । 
 

कमेन्ट गर्नुहोस्