१९ असार २०८३, शुक्रबार

नन्दिनी अर्गानिकका सौन्दर्य सामग्री नेपाली बजारमा

साउन २७, २०८०
काठमाडौं
नन्दिनी अर्गानिकका सौन्दर्य सामग्री नेपाली बजारमा

भारतीय लोकप्रिय सौन्दर्य सामग्री ‘नन्दिनी अर्गानिक’ अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी र सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा नन्दिनी अर्गानिक सौन्दर्य सामग्री सार्वजनिक गरेका हुन् ।

भारतको गुजरातमा रहेको मुख्यालयबाट दुवई, कतार, थाइल्यान्ड, न्यूजील्यान्ड, ओमान, बंगगलादेश, श्रीलंकालगायत करिब ४५ वटा देशहरूमा निर्यात हुदै आएको नन्दिनी अर्गानिक ब्राण्डका अर्गानिक सौन्दर्य सामग्रीहरू औपचारिक रुपमा नेपाल भित्र्याइएको हो ।

कार्यक्रममा उपस्थित व्यक्तिहरूले नन्दिनी अर्गानिक ब्रान्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरूको रोजाईमा पर्नेमा आफूहरू विश्वस्त भएको बताएका थिए ।

null

कार्यक्रममा उक्त कम्पनीका २ दर्जन डिलरहरूको समेत उपस्थिति रहेको थियो ।

गुणस्तरमा शत प्रतिशत प्रतिबद्धता जनाएको कम्पनीले करिब ३ वर्षदेखि नेपाली बजारमा एन प्लस प्रोफेशनल तथा ला रिभेरी ब्रान्डका उत्कृष्ट सौन्दर्य सामग्रीहरू बिक्री वितरण गर्दै आएको छ ।

नेपालको अधिकांश युनीसेक्स सलुन, पार्लर तथा सौन्दर्यकर्मीको पहिलो रोजाई रहेको एनप्लस प्रोफेशनल तथा ला रिभेरीका उत्पादनहरूको माग बढ्दै गएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्