×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री जम्कट्टेलको निर्देशन र स्वास्थ्यमन्त्रीको निर्णयले १३ अस्पतालमा बेड नि:शुल्क

काठमाडाैं | साउन २९, २०८०

NTC
Premier Steels

आगामी भदौ १ गतेदेखि बाग्मती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामीले नि:शुल्क बेड पाउने भएका छन् ।

Muktinath Bank

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निर्देशन र प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको निर्णयानुसार बिरामीले नि:शुल्क बेड पाउने भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले आइतवार प्रदेश मातहतका १३ वटै अस्पताललाई परिपत्र गर्दै क्याबिन, आईसीयू र एनआईसीयूबाहेकका सम्पूर्ण बेड नि:शुल्क उपलब्ध गराउन निर्देशन दिएको हो ।


Advertisment
Nabil box
Kumari

'उपरोक्त सम्बन्धमा यस मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०८०/०४/२२ को मिति २०८०/०४/२२ को निर्णयानुसार तहाँ अस्पतालहरूमा उपलब्ध रहेका शय्याहरू मध्येबाट क्याबिन, एनआईसीयू र आईसीयूबाहेक  अन्य सम्पूर्ण शय्याहरू मिति २०८० भाद्र १ गतेदेखि नि:शुल्क रूपमा बिरामीलाई उपलब्ध गराउनुहुन निर्देशनानुसार अनुरोध छ,' मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

Vianet communication

null

अब प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमा ८११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

यी हुन् सुविधा उपलब्ध हुने १३ अस्पताल :

१. हेटौंडा अस्पताल, हेटौंडा 

२. रसुवा अस्पताल, रसुवा

३. त्रिशुली अस्पताल, नुवाकोट 

४. सिन्धुली अस्पताल, सिन्धुली 

५. भक्तपुर अस्पताल, भक्तपुर 

६. रामेछाप अस्पताल, रामेछाप  

७. धादिङ अस्पताल, धादिङ

८. चौतारा अस्पताल, सिन्धुपाल्चोक

९. बज्रबाराही चापागाउँ अस्पताल, ललितपुर 

१०. टोखा चण्डेश्वरी अस्पताल, काठमाडौं

११. बकुलहर रत्ननगर अस्पताल, चितवन  

१२. पशुपति  चौलागाईं स्मृति अस्पताल, चरिकोट दोलखा 

१३. मेथिनकोट अस्पताल, काभ्रेपलान्चोक

प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x