
नेपाल बैंकर्स संघले भदौका लागि बैंक ब्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको व्याजदर बढाउन सक्ने देखिएको छ । साउनमा केही बैंकले व्याजदर बढाएर निक्षेप थपेपछि भदौमा निक्षेप कम भएका बैंकले व्याजदर बढाएर तान्न सक्ने देखिएको हो ।
कुनकुन बैंकले व्याज बढाएर निक्षेप तान्दैछन् भन्ने खुलेको भने छैन। गत असार अन्तिममा बैंकर्स संघले व्याजदरमा लागु हुँदै आएको भद्र सहमति तोडेको थियो । त्यसपछि केही बैंकहरूले आ(आफ्नै तरिकाले व्याजदर निर्धारण गर्दै आइरहेका छन् । भदौमा पनि यही प्रवृत्ति कायम रहने देखिएको हो । कारोबार दैनिकमा खबर छापिएको छ ।