१६ असार २०८३, मंगलबार

सिम्रनका आधा भन्दा धेरै गीत सार्वजनिक हुन बाँकी

साउन ३२, २०८०
काठमाडौं
सिम्रनका आधा भन्दा धेरै गीत सार्वजनिक हुन बाँकी

एकाएक चर्चामा आएकी बागलुङकी प्रतिभा सिम्रन परियारका आधा भन्दा धेरै गीत सार्वजनिक हुन बाँकी छन् । 

युट्युब अन्तवार्ताको गायकीका कारण सामाजिक सञ्जालमा प्रशंसा पाएपछि उनले काठमाडौं आएर गीत गाउने अवसर पाएकी थिइन् । एक साता काठमाडौं बसेर बुधवार बागलुङ फर्किएकी सिम्रनले १४ वटा गीतमा स्वर दिइन् । जसमध्ये बिहीवारसम्म ६ वटा गीत सार्वजनिक भएका छन् । ८ वटा गीत सार्वजनिक हुन बाँकी नै छन्  । 

‘उस्लाई पाउन २’को फिमेल भर्सन, ‘ए साइँला परेली भित्र’ र ‘पानी परेको’को फिमेल भर्सन युट्युब ट्रेन्डिङमा संगीततर्फ क्रमशः शीर्ष ३ मा परेका छन् । 

उनले गायक खेम सेञ्चुरीदेखि नरेश खाती लगायतसँग गाएका गीतहरू सार्वजनिक हुन बाँकी नै छन् । सिम्रन बागलुङमा कक्षा १२ अध्ययनरत छिन् । काठमाडौंमा रहँदा उनलाई थुप्रै गीतका अफरहरू आइरहेका थिए । यद्यपि, उनी छुट्ने भएकाले अफर आएका गीतहरू छाडेर बागलुङ फर्किएकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्