१९ असार २०८३, शुक्रबार

‘जय हो’को गीतमा केकीलाई फकाउँदै सलोन

साउन ३२, २०८०
काठमाडौं
‘जय हो’को गीतमा केकीलाई फकाउँदै सलोन

अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतको शीर्ष भूमिका रहेको फिल्म ‘जय हो’को तेस्रो गीत सार्वजनिक गरिएको छ । 

बिहीबार सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र केकी र सलोन मात्र प्रस्तुत छन् । ‘सपनाको वेडिङ्ग’ बोलको गीतमा रिसाएकी प्रेमीका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन् । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर स्वयंम अभिनेता बस्नेतले नै दिएका छन् । रोमान्टिक फ्लेवरमा तयार पारिएको भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन् । 

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको ‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्म बक्सअफिसमा सफल हुने आशामा छन् । ​

सुरज ल्वागन (सरकार) र राज के.अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा अर्पण थापा, माओत्से गुरुङ, निशा अधिकारी, सुमिन गुरुङ, सुशान्त कुमार श्रेष्ठ, प्रेम पाण्डे लगायतको पनि अभिनय छ ।

भाद्र ८ गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्